Like us!
Follow us!

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँडको साइत जुर्यो

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँडको साइत जुर्यो

लगानी खबर, काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँडको मिति तय भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओको प्रि-अलटमेन्ट शुक्रबार सम्पन्न गरिएको थियो । क्यापिटलका अनुसार उक्त आईपीओको बाँडफाँड आज (फागुन १ गते, आइतबार) टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटार, काठमाडौँमा दिउँसो ४:३० बजे गरिनेछ । 

संस्थाको आईपीओमा अन्तिम दिनसम्ममा २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ६६.६५ गुणा धेरै हो ।  

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूका लागि छुट्ट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।