Like us!
Follow us!

पठाओले सुरु गर्‍यो इन्स्योरेन्स हेल्प-लाइन

पठाओले सुरु गर्‍यो इन्स्योरेन्स हेल्प-लाइन

लगानी खबर, काठमाडौं - लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बीमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि  राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पुर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले ‘पठाओ इन्स्योरेन्स हेल्पलाइन’ सुरु गरेको छ ।

हेल्पलाइनमा  हप्ताको सातै दिन, चौबीसै घण्टा सेवा उपलब्ध हुने पठाओ नेपाल प्रालिको मार्केटिङ म्यानेजर एवं प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।

पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बिमा र दुर्घटना सम्बन्धि बिषयमा कुरा गर्न ०१-५९७००९९ मा फोन गरि एक्सटेन्सन ४ थिचेपछी बिभागिय विशेषज्ञले आवस्यक परामर्श दिनेछन् ।

नेपालमै पहिलोपटक ‘राइड सेयरिङ बीमा’ सुरु गरेको पठाओले दुर्घटना उपचार बिमा एक लाख सम्म र मृत्यु वा अङ्ग भंग भएमा १० लाख सम्मको बिमा उपलब्ध गराएको छ ।
  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।