Like us!
Follow us!

एनएलजी इन्स्योरेन्सको नाफा घट्यो, कस्ता छन् अन्य सूचक ?

एनएलजी इन्स्योरेन्सको नाफा घट्यो, कस्ता छन् अन्य सूचक ?

लगानी खबर, काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/७९ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ३३.१३ प्रतिशतले घटेर १० करोड २९ लाख २४ हजार रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ३९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि २२.६२ प्रतिशतले घटेर ४२ करोड ७१ लाख ५१ हजार रुपैयाँमा सिमित छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ५५ करोड २० लाख २१ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २० करोड ६० लाख १३ हजार रुपैयाँ र जगेडा कोषमा ३६ करोड ५९ लाख ८३ हजार रुपैयाँ सञ्चित रहेको छ ।कम्पनीको बीमा कोषमा १ अर्ब ७ करोड ६४ लाख ९३ हजार रूपैयाँ रहेको छ ।

त्यसैगरी, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ २२३ रुपैयाँ ८६ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५८.१७ गुणा रहेको छ ।

यस्तो छ कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण :

62086ec784722.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।