Like us!
Follow us!

आइएमई जनरल इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

आइएमई जनरल इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

लगानी खबर, काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/७९ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा १९.२३ प्रतिशतले घटेर १२ करोड १३ लाख ६८ हजार रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ३.४० प्रतिशतले बढेर ३७ करोड ३६ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ३६ करोड ३९ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ४२ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषमा ५३ करोड ५ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा रहेको छ । 

यस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण :

6205c4398e86c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।