Like us!
Follow us!

कस्तो छ तेह्रथुम पावरको वित्तीय अवस्था ?

कस्तो छ तेह्रथुम पावरको वित्तीय अवस्था ?

लगानी खबर, काठमाण्डौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड ७१ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ७९ लाख ८ हजार रुपैयाँ नोक्सानमा थियो ।

यसैगरी, दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ८ करोड ६४ लाख ५० हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ११४.७४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड २ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहँदा जगेडा कोष भने ८ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रूपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ पुगेको छ । कम्पनीको वार्षिक मूल्य आम्दानी अनुपात ६० गुणा रहेको छ ।

यस्तो छ कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण :

6205fc32d7961.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।