Like us!
Follow us!

शिवम् सिमेन्ट्सको नाफा घट्दा अन्य सूचक के भए ?

शिवम् सिमेन्ट्सको नाफा घट्दा अन्य सूचक के भए ?

लगानी खबर, काठमाडौं - शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २७.५३ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ८.१६ प्रतिशत बढेर ४ अर्ब ६० करोड ३१ लाख २४ हजार रूपैयाँ पुगेको छ । यस अवधिसम्ममा कम्पनीको कूल खर्च भने १४.५४ प्रतिशतले बढेको छ । सोही कारण नाफा प्रभावित बन्न पुगेको हो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ५५ करोड ८० लाख रूपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४२ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५९ पैसा पुगेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।