Like us!
Follow us!

१९ प्रतिशतले घट्यो एभरेष्ट इन्स्योरेन्सको नाफा, ईपीएस कति ?

१९ प्रतिशतले घट्यो एभरेष्ट इन्स्योरेन्सको नाफा, ईपीएस कति ?

लगानी खबर, काठमाडौं एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/७९ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा १९.२० प्रतिशतले घटेर ६ करोड १४ हजार रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ४३.०१ प्रतिशतले बढेर २७ करोड ७४ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क १९ करोड ४० लाख २६ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ र जगेडा कोषमा ४१ करोड ३३ लाख ८४ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषमा २५.५१ प्रतिशतले बढेर ४५ करोड ६७ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ १४ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।