Like us!
Follow us!

एचआईडीसीएलको नाफा ५.९१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

एचआईडीसीएलको नाफा ५.९१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४५ करोड ३६ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५.९१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४२ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १८ अर्ब ७० करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ७१ करोड ३८ लाख रूपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८५ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ०३ पैसा पुगेको छ । 


यस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण :

6205b1f21bfcb.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।