Like us!
Follow us!

इमर्जिङ नेपालको आईपीओमा कति पर्यो आवेदन, यस्तो छ पछिल्लो अपडेट

इमर्जिङ नेपालको आईपीओमा कति पर्यो आवेदन, यस्तो छ पछिल्लो अपडेट

लगानी खबर, कामठमाडौं - इमर्जिङ नेपाल लिमिटेडले (माघ २६ गते, बुधबार) देखि सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदनको ओइरो लागेको छ । 

सीडीएसीका अनुसार आज (बिहीबार) साँझ ५ बजेसम्ममा १३ लाख ७३ हजार ८ सय १ जना आवेदकले एक करोड ६० लाख ८५ हजार २ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि छुट्याइएको भन्दा ३१.१३ गुणा बढी आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओको कित्ता एकदमै न्यून भएकाले १० कित्ता मात्र आवेदन दिनु उपयुक्त देखिन्छ । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।