Like us!
Follow us!

थप १३६९ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

थप १३६९ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप १ हजार ३ सय ३९ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ८० जनाको कोरोना परीक्षण भएकोमा १ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार ८ हजार ८ सय ८० जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा २ हजार २ सय ३८ जना निको भएर घर पर्किएका छन् भने १२ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ८ सय ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल २९ हजार ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

No photo description available.

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।