Like us!
Follow us!

लिवर्टी इनर्जीको आइपिओ शेयरधनीको डिम्याट खातामा

लिवर्टी इनर्जीको आइपिओ शेयरधनीको डिम्याट खातामा

लगानी खबर, काठमाडौं – लिवर्टी इनर्जी कम्पनी लिमिटेडले भाद्र ३ गते बुधबारबाट निष्कासन गरेको साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले हिजाे (बुधबार) बाट उक्त शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गराउन थालेकाे हाे ।

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका एलइसी (LEC) संकेत प्रदान गरिएको छ । हाल कम्पनीकाे उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन्  । नेप्सेमा सूचीकरणका लागि सम्झौता भइसकेकाे बताउँदै शुक्रबार सूचीकरण हुने कम्पनीकाे शेयर रजिष्ट्रार प्रभु क्यापिटलले जानकारी दिएकाे छ ।

कम्पनीले भाद्र ३ गतेदेखि जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । कम्पनीको आइपिओमा आवेदन दिने सबै लगानीकर्ताले शेयर पाएका थिए। जसमध्ये, १० देखि ३० कित्तासम्मका लागि आवेदन दिनेले माग अनुसार नै र ३० कित्ताभन्दा माथि आवेदन दिने २५ हजार ६ सय २० जनाले ४० कित्ता पाएका थिए ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।