लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा झरेको छ ।
गिरावट आएको बजारमा आज सबैभन्दा धेरै सेयरमूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमानेपाल टेलिकम रहेको छ । आज टेलिकमको २५ करोड ४८ लाख ३९ हजार ५ सय ६४ रूपैयाँको कारोबार भएको हो ।
त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : नेशनल हाइड्रोपावर, आइएमई जनर इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, नेपाल लाईफ इन्स्योरेन्स, अपि पावर कम्पनी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर, नेपाल इन्फ्रस्टक्चर बैंक र शिवम् सिमेन्ट रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।