लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा झरेको छ ।
घटेको बजारमा आज सबैभन्दा धेरै सेयरमूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । आज संस्थाको सेयरमूल्य ४ प्रतिशतले घटेर १ हजार ६ सय ५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यस्तै सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : ग्लोबल आइएमई समुन्नत स्किम १, नेरुडे लघुवित्त, नेपाल फाइनान्स, बुद्धभुमि नेपाल हाइड्रोपावर, समृद्धि फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स, मनकामना स्मार्ट लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।