Like us!
Follow us!

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा नेपाल टेलिकम अब्बल

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा नेपाल टेलिकम अब्बल

लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । मंगलबारदेखि गिरावट अएको नेप्से परिसूचक आज पनि घटेको हो । बजार घट्दा कारोबार रकममा नेपाल टेलिकम अब्बल देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा झरेको छ । नेप्से ०.४३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.७० अंकले घटेर ५२७.२८ विन्दुमा झरेको छ । 

कूल २२७ वटा कम्पनीको ६९ लाख ५० हजार ८ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३ सय२९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड, अन्य र ब्यापार उपसमूहको सेयर बढेको छ भने बाँकी १० उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर समूह घटेको छ ।

बिहीबार अरुण नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । आज टेलिकमको २५ करोड ४८ लाख ३९ हजार ५ सय ६४ रूपैयाँको कारोबार भएको हो ।

 

आज सर्वाधिक इकाईमूल्य बढ्ने कम्पनीहरुको पहिलो नम्बरमा नबिल इक्वीटी फण्ड रहेको छ । फण्डको इकाईमूल्य आज २.७६ प्रतिशतले बढेर ११ रूपैयाँ १५ पैसामा अन्तिम कारोबार भएको छ । 

यस दिन मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । आज संस्थाको सेयरमूल्य ४ प्रतिशतले घटेर १ हजार ६ सय ५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

 

6204dbc722d73.JPG 6204dbc994449.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।