Like us!
Follow us!

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद आवेदन दिने म्याद थप, कहिलेसम्म दिन पाइन्छ ?

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद आवेदन दिने म्याद थप, कहिलेसम्म दिन पाइन्छ ?

लगानी खबर, काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले माघ ७ गतेदेखि बिक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिने मिति थप गरेको हो ।

अब उक्त हकप्रदमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको छ । उक्त हकप्रदमा आज (माघ २७ गते )सम्म आवेदन दिन सकिने भनिएकोमा म्याद थप गरेर फागुन १३ गतेसम्म पुर्याइएको हो  । 

कम्पनीले १ बराबर १.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ३ करोड कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीको उक्त हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

कहाँ-कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड सन्धारा सिटिसीमल-काठमाडौं, सिभिल बैंक लिमिटेड-शाखा कार्यालय विराटनगर, सिभिल बैंक लिमिटेड शाखा कार्यालय वीरगंज, सिभिल बैंक लिमिटेड शाखा कार्यालय पोखरा, सिभिल बैंक लिमिटेड शाखा कार्यालय सर्खेत,  सिभिल बैंक लिमिटेड शाखा कार्यालय नेपालगंज, सिभिल बैंक लिमिटेड शाखा कार्यालय धनगढी, कर्पोरेट डेभलप्मेन्ट बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयहरू: वीरगंज-१३, आदर्शनगर, पर्सास वीरगंज|-२५, ड्राईपोर्ट, पर्सास वीरगंज-३१, चोर्नी, पर्सास वीरगंज-८, बसपार्क, पर्सा सि-आस्वाको सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

6204c4b3b7c0c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।