Like us!
Follow us!

३१ प्रतिशतले बढ्यो रिलायन्स लाइफको नाफा, प्रतिसेयर आम्दानी कति ?

३१ प्रतिशतले बढ्यो रिलायन्स लाइफको नाफा, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/७९ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ३१.३२ प्रतिशतले बढेर ७ करोड ६० लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि २२.२८ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ६९ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क १ अर्ब १० करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ र जगेडा कोषमा १८ करोड १७ लाख ५३ हजार रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ८७.२७ प्रतिशतले बढेर ३ अर्ब ३६ करोड ९२ लाख ६४ हजार रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २४ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ २० पैसा रहेको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।