Like us!
Follow us!

सानिमा लाइफको नाफासँगै बढ्यो अन्य सूचक

सानिमा लाइफको नाफासँगै बढ्यो अन्य सूचक

लगानी खबर, काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ०७८/७९ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ६९.३६ प्रतिशतले बढेर ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि २१।५२ प्रतिशतले बढेर १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ९५ करोड ६३ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र जगेडा कोषमा ३३ करोड २३ लाख ४६ हजार रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ७३.५२ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ९५ लाख ५० हजार रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा रहेको छ ।

यस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण :

6204a2a3ad523.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।