लगानी खबर, काठमाडाैँ - आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हकप्रद सेयर सुरक्षित गर्ने आज माघ २७ गते, बिहीबार अन्तिम दिन रहेकाे छ ।
कम्पनीले हकप्रद प्रयाेजनका लागि फागुन १ गते, आइतबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न सक्नेछन् ।
कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्ता पूँजीकाे ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।