Like us!
Follow us!

इमर्जिङ नेपालको आईपीओमा आवेदनको ओहिरो, पहिलो दिन नै पर्यो मागभन्दा बढी आवेदन

इमर्जिङ नेपालको आईपीओमा आवेदनको ओहिरो, पहिलो दिन नै पर्यो मागभन्दा बढी आवेदन

लगानी खबर, कामठमाडौं - इमर्जिङ नेपाल लिमिटेडले आज (माघ २६ गते, बुधबार)देखि सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा पहिलो दिन नै मागभन्दा धेरै आवेदन परेको छ । 

सीडीएसीका अनुसार आज बुधबार साँझ ५ बजेसम्ममा ६ लाख ३३ हजार २ सय १७ जना आवेदकले ७४ लाख ४७ हजार ३ सय २० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि छुट्याइएको भन्दा १४.४१ गुणा बढी आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओको कित्ता एकदमै न्यून भएकाले १० कित्ता मात्र आवेदन दिनु उपयुक्त देखिन्छ ।

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।