Like us!
Follow us!

थप २४०१ जनामा संक्रमण पुष्टि, ७७७७ संक्रमणमुक्त

थप २४०१ जनामा संक्रमण पुष्टि, ७७७७ संक्रमणमुक्त

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप २ हजार ४ सय १ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३ सय ५६ जनाको कोरोना परीक्षण भएकोमा २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार ११ हजार ६ सय ३ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा १ हजार ८ सय ५१ जना र ४ हजार ७ सय ५३ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा ५ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा ७ हजार ७ सय ७७ जना निको भएर घर पर्किएका छन् भने १४ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ८ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल ३० हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।