लगानी खबर, काठमाडौं - कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १० लाख ७७ हजार २ सय ३९ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको बैंकले उक्त सेयरहरु बिक्री गर्न लागेको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको सेयर रजिष्टार, कुमारी क्यापिटल लिमिटेड, काठमाडौं १ नक्साल, नाकपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं टंगाल २ मा आईपुगने गरी आवेदन दिन आग्रह गरेको छ ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।
हेर्नुहोस् बैंकले प्रकाशन गरेको सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
news.laganikhabar@gmail.com मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।