Like us!
Follow us!

घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौं – नेपाली बजारमा हिजाे बुधबार स्थिर रहेकाे सुनकाे मूल्यले आज (बिहीबार) भने ओरालाे यात्रा तय गरेकाे छ ।

बिहीबार सुनकाे मूल्य  ताेलामा ९ सय रूपैयाँले घटेर  प्रतितोला ९६ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ९६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि ताेलाकाे २० रूपैयाँले घटेर प्रतिताेला १ हजार ३ सय २० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।