Like us!
Follow us!

कस्तो छ नयाँ सारथी लघुवित्तको वित्तीय अवस्था ?

कस्तो छ नयाँ सारथी लघुवित्तको वित्तीय अवस्था ?

लगानी खाबर, काठमाडौं नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ४ करोड ६३ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ९.५४ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड ११ लाख ९८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १४।२९ प्रतिशतले बढेर १३ करोड २८ लाख ५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ११ करोड ६१ लाख ९८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ७५ लाख ६९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ र जगेडा कोषमा २७ करोड ७५ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ८६ पैसा रहेको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।