Like us!
Follow us!

२१ प्रतिशतले बढ्यो किसान लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

२१ प्रतिशतले बढ्यो किसान लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ३ करोड ७२ लाख १० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १.७६ प्रतिशतले बढेर १७ करोड ५१ लाख ३२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १७ करोड २० लाख ९९ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ८३.२२ प्रतिशतले बढेर ६ करोड ५४ लाख २९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३ करोड ५७ लाख ११ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार रुपैयाँ र जगेडा कोषमा ३७ करोड १३ लाख १४ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।