Like us!
Follow us!

मध्य भोटेकोशी जलविद्युतको नोक्सान घट्यो, यस्तो छ वित्तीय अवस्था

मध्य भोटेकोशी जलविद्युतको नोक्सान घट्यो, यस्तो छ वित्तीय अवस्था

लगानी खबर, काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनी ७७ लाख २ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ३ लाख ७० हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीले हालसम्म विद्युत बिक्री गरेको छैन । 

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनी २ करोड ७६ लाख २२ हजार रूपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ४८ लाख १७ हजार रूपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ०.२६ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ३२ पैसा पुगेको छ ।
 
हेनुहोस् कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण :

6203234558f7b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।