Like us!
Follow us!

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा नयाँ रेकर्ड, सेयर पाउँन भाग्यकै भर

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा नयाँ रेकर्ड, सेयर पाउँन भाग्यकै भर

लगानी खबर, काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले (माघ २१ गते शुक्रबार)बाट निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा लगानीकर्ताको ओइरो लागेको छ । 

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार (मंगलबार) दिउँसो ५ ०० बजेसम्ममा २७ लाख ४ हजार जना आवेदकहरूले ३ करोड ३० लाख ७२ हजार कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले माघ २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको थियो । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूका लागि छुट्ट्याइएको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।