Like us!
Follow us!

भिजाले नेपाली बिरामीहरूका लागि भारतमा चिकित्सा सेवामा सहजता

भिजाले नेपाली बिरामीहरूका लागि भारतमा चिकित्सा सेवामा सहजता

लगानी खबर, काठमाडौं - आज डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रीणि संस्था भिजाले (NYSE: V) भारतमा स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरूका चिकित्सा यात्रीहरूलाई भुक्तानी गर्न सजिलो बनाउन अस्पताल सेवा खोज्ने प्लेटफर्म, वैदमसँग साझेदारी गरेको घोषणा गरेको छ । 

सौम्या बसु, भिजाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजरले भने, “विदेशमा चिकित्सा सुविधा खोज्नु र प्रक्रिया छनौट  गर्नु अक्सर जटिल र चुनौतीपूर्ण हुन सक्छ । नेपाली नागरिकहरूलाई भारतमा थप आरामदायी र अस्पतालहरूमा व्यापक पहुँचका साथ चिकित्सा उपचार खोज्न सजिलो बनाउन वैदमसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ । हामी यी हेरचाह खोज्नेहरूलाई उनीहरूको चिकित्सा उपचारमा छुट प्रदान गर्न र भारतका केही उत्कृष्ट अस्पतालहरूमा भुक्तान गर्न उनीहरूको भिजा कार्डहरू प्रयोग गर्दा फाइदा र सुविधा प्रदान गर्न सक्षम भएकोमा कृतज्ञ छौं ।”

वैदम प्लेटफर्मले नेपाल र बंगलादेशलगायत धेरै देशहरूबाट स्वास्थ्य सेवा खोज्ने बिरामीहरूलाई भारतभरका १०० ओटा सम्म अस्पतालहरूमा विभिन्न प्रकारका उपचार र प्रक्रियाहरूका लागि गम्भीर रोगहरू र चिकित्सा हेरचाहका लागि विशेषज्ञ सेवाहरू खोज्न सजिलो बनाउँछ । वैदमले बिरामीहरूलाई आवश्यक कागजपत्र मिलाउन र उनीहरू भारत पुगेपछि आवश्यक  व्यवस्था उपलब्ध गराउन मद्दत गर्छन् ।  यो साझेदारीले भिसा कार्डधारकहरूलाई भारतमा वैदम  प्लेटफर्म प्रयोग गरी स्वास्थ्य सेवाहरू बुक गर्दा प्रक्रिया र शल्यक्रिया सहित विभिन्न बिरामी उपचार सेवाहरूमा वैदमले १० % सम्म छुट प्रदान गर्दछ ।

पंकज चन्द्र, सह–संस्थापक, वैदम हेल्थले (www.vaidam.com)  भने, “भारतीय डाक्टर र अस्पतालहरूले प्रदान गर्ने व्यावसायिकता र गुणस्तरीय चिकित्सा सेवामा अथाह विश्वास राखेर स्वास्थ्य सेवा खोज्ने बिरामीहरू वर्षौंदेखि नेपालबाट भारत यात्रा गर्दै आएका छन् । वैदमले झण्डै ६ वर्षमा नेपालबाट धेरै बिरामीको सेवा गरिसकेका छन्, अब विश्वभरको सबैभन्दा विश्वसनीय ब्रान्डहरू मध्ये एक  भिजासँग साझेदारी गर्न पाउँदा गर्व लागेको छ  र सबै भिसा कार्डधारकहरूलाई वैदम अस्पताल नेटवर्कमा सेवा गर्न र तिनीहरूलाई छिटो स्वस्थ जीवनको लागि योगदान गर्न पाउँदा गर्व लागेको छ ।” 

एक बिरामी वा हेरचाहकर्ताले वैदम वेबसाइटमा गई आवश्यक अस्पताल, डाक्टर र उपचार खोज्न र आफ्नो भिसा कार्ड मार्फत भुक्तानी गर्न रोज्न सक्नेछन् । भारतको अस्पतालमा बिरामी आएपछि र उपचारको सुविधा पाएपछि, नेपालमा जारी गरिएको भिसा कार्डबाट बिलहरू भुक्तानी गर्न सकिन्छ । अर्को देशमा चिकित्सा सेवाहरू प्राप्त गर्ने जटिलतालाई कम गर्न,  बिरामी वा हेरचाहकर्ताहरूलाई  बुकिङ र उपचार प्रक्रियामा सहयोग गर्न एक केस अफिसर पनि नियुक्त गरिनेछ । भिजा र वैदम बीचको यो साझेदारीले भारतमा यात्रा गर्ने र चिकित्सा सुविधा खोज्ने हजारौं बिरामीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ । यो अफर १९ डिसेम्बर २०२२ सम्म मान्य हुनेछ ।  अफरका अन्य सर्तहरूका बारेमा https://www.vaidam.com/offers लिंकमा गएर बुझ्न सकिन्छ ।,

Visa Inc को बारेमा :
(Visa Visa: V) २०० भन्दा बढी देशहरू र क्षेत्रहरूमा उपभोक्ताहरू, व्यापारीहरू, वित्तीय संस्थाहरू, र सरकारी निकायहरू बीचको लेनदेनको सुविधा प्रदान गर्ने  डिजिटल भुक्तानीमा विश्व विश्व अग्रणी हो । हाम्रो लक्ष्य भनेको सबैभन्दा नविन, सुविधाजनक, भरपर्दो र सुरक्षित भुक्तानी नेटवर्क मार्फत विश्वलाई जोड्नु हो, जसले व्यक्ति, व्यवसाय र अर्थतन्त्रलाई फस्टाउन मद्दत गर्दछ । हामीलाई विश्वास छ कि अर्थतन्त्रमा सबैको सबैतिरबाट समावेस गरी भविष्यमा पैसाको आदान प्रदानमा आधातभूत रूपमै सबैको पहुँच पुगी सबैको सबैतिर नै उत्थान हुनेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।