Like us!
Follow us!

चुनावलाई पत्याएन सेयर बजारले

चुनावलाई पत्याएन सेयर बजारले

लगानी खबर, काठमाडौँ - करोबार हुने हप्ताको पहिलो तेस्रो आज (मंगलबार) सेयर बजारमा गिरावट देखिएको छ । अघिल्लो दिन १५ अंकले बढेको बजार आज भने घटेको हो ।  

मन्त्रिपरिषद्को हिजो (सोमबार) बसेको बैठकलेस्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । चुनाव घाषणा हुँदा सेयर बजार बढ्ने लगानीकर्ताले अपेक्षा गरेका थिए । तर आजको बजार भने घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १६.३० अंकले घटेर २८३५.५८ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.८२ अंकले घटेर ५३२.४९ विन्दुमा झरेको छ । 

कूल २३० वटा कम्पनीको १ करोड २० लाख ५३ हजार ७ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९ सय ८५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ उपसमूह बढेको छ भने बाँकी ८ उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर र लगानी समूह घटेको छ ।

मंगलबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज हाइड्रोपावरको ३५ करोड ८५ लाख १२ हजार ४ सय ३२ रूपैयाँको कारोबार भएको हो ।

आज सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीहरुको पहिलो नम्बरमा नेपाल इन्स्योरेनस कम्पनी लिमिटेड रहेको छ । इन्स्योरेन्सको सेयरमूल्य आज ३.८३ प्रतिशतले बढेर ९ सय २० रूपैयाँमा अन्तिम कारोबार भएको छ । 

यस दिन लिवर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयरमूल्य ६.२७ प्रतिशतले घटेर ३ सय ८९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

 

62023910acedb.JPG 6202391328988.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।