Like us!
Follow us!

संस्थापक सेयर बेच्दै सांग्रिला डेभलपमेन्ट बैंक

संस्थापक सेयर बेच्दै सांग्रिला डेभलपमेन्ट बैंक

लगानी खबर, काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले १० हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् बैंकले प्रकाशन गरेको सूचना :

620221fc8989a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।