लगानी खबर, काठमाडौं – सिटी एक्सप्रेसमनी ट्रान्स्फरले देश विदेशमा रहेका टिक–टक प्रयोगकर्ताहरूका लागी “सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्ज” को आयोजना गरेको छ ।
लोकप्रिय गायक प्रकाश सपुतको निकै चर्चित रहन सफल “गल्बन्दी” गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउँदै सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्जको आयोजना गरेको छ । सो च्यालेन्जमा सहभागी हुने मध्ये प्रथम , द्वितिय तथा तृतिय उत्कृष्ट भिडियोले क्रमश १५ हजार रूपैयाँ, १० हजार रूपैयाँ र ५ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई ५ सय रूपैयाँ बराबरको मोबाईल टप अप प्रदान गरिनेछ ।
त्यसैगरी, भिडियो यही असोज १४ गते सम्म पोस्ट गरी सक्नुपर्नेछ जसकाे नतिजा असोज २० गते प्रकाशन गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।