लगानी खबर, काठमाडौं - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ०७८/७९ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ९५.६५ प्रतिशतले बढेर ५ करोड ८० लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९६ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि ७३.२८ प्रतिशतले बढेर १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ८ करोड ५५ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ र जगेडा कोषमा ११ करोड १८ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार ७०.४२ प्रतिशतले बढेर १२ करोड १८ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ३ पैसा रहेको छ ।
हेर्नुहोस् कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।