Like us!
Follow us!

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदनको ओइरो, यस्तो छ पछिल्लो अपडेट !

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदनको ओइरो, यस्तो छ पछिल्लो अपडेट !

लगानी खबर, काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा लगानीकर्ताको ओइरो लागेको छ । 

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार (सोमबार) दिउँसो ४:५० बजेसम्ममा २२ लाख २६ हजार ९६९ जना आवेदकहरूले २ करोड ७४ लाख १२ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदनको संख्या सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५६.१८ गुणा बढी हो ।

कम्पनीले माघ २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओ को कित्ता एकदमै न्यून भएकाले १० कित्ता मात्र आवेदन दिनु उपयुक्त देखिन्छ । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।