लगानी खबर, काठमाडौं - कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।
सोमबार बिहान बसेको संचालक समितिको बैठकको निर्णय अनुसार अर्को निर्णय नभएसम्मका लागि मिति २०७८/१०/२५ गतेदेखि लागु हुनेगरी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्ने गरी जिम्मेवारी तोकिएको बैंकले जानकारी दिएको छ ।
हेर्नुहोस् बैंकले प्रकाशन गरेको सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।