Like us!
Follow us!

बजार बढ्दा यी १० कम्पनीका लगानीकर्ताले ब्यहोरे सर्वाधिक घाटा

बजार बढ्दा यी १० कम्पनीका लगानीकर्ताले ब्यहोरे सर्वाधिक घाटा

लगानी खबर, काठमाडौँ - करोबार हुने हप्ताको पहिलो दोस्रो आज (सोमबार) सेयर बजारमा वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ ।

बढेको बजारमा आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबै भन्दा धेरै घाटा ब्यहोरेका छन् । आज हाइड्रोपावरको सेयरमूल्य ४.५७ प्रतिशतले घटेर ६ सय ६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : सपोर्ट माइक्रोफाइनान्स, साहास उर्जा, विन नेपाल लघुवित्त, नेपाल लाईफ इन्स्योरेन्स, सिइडिबी हाइड्रोपाव, मिथिला लघुवित्त, सिटिजन म्युचुअल फण्ड १, सामुदायिक लघुवित्त र ८.७५ प्रतिशत प्राइम डिबेञ्चर २०८५ रहेका छन् । 

 

6200f3dfdb154.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।