Like us!
Follow us!

राष्ट्र बैंकले १४ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै

राष्ट्र बैंकले १४ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले १४ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले २८ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल फागुन २४ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ९१ दिनकाे अवधिकाे लागि ७ अर्ब १० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल वैशाख २७ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल माघ २४ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (माघ २४ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर भाेलि माघ ४ गते, मंगलबार बिक्री हुनेछ ।

सूचना हेर्नुहाेस् :

6200ccda94b00.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।