Like us!
Follow us!

कस्तो छ जनरल इन्स्योरेन्सको वित्तीय अवस्था ?

कस्तो छ जनरल इन्स्योरेन्सको वित्तीय अवस्था ?

लगानी खबर, काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ०७८/७९ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ५६.२० प्रतिशतले बढेर ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि १२.७५ प्रतिशतले बढेर १३ करोड ५० लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ११ करोड ९७ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ र जगेडा कोषमा १३ करोड ३ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषमा १४ करोड ९२ लाख रूपैयाँ रहेको छ ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १८ पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।