Like us!
Follow us!

ओपोद्वारा एयर ग्लास सार्वजनिक

ओपोद्वारा एयर ग्लास सार्वजनिक

लगानी खबर, काठमाडौं - ओपोले इन्नो डे २०२१ मार्फत ओपो एयर ग्लास प्रदर्शित गरिसकेको छ । जसमा अत्याधुनिक एआर (एसिस्टेड रियालिटी) उपकरणमा ओपोद्वारा स्व–विकसित स्पार्क माइक्रो प्रोजेक्टर, अत्याधुनिक माइक्रो एलईडी र टर्च, आवाज, टाउकोको चाल र हातको चालमार्फत प्रयोगकर्तालाई आवश्यक जानकारी सहज र तीव्र तरिकाबाट प्राप्त गर्न सकिने गरी चार भिन्न अन्तरक्रियाको विकल्पसहितको बिस्पोक डिफ्राक्शन अप्टिकल वेभगाइड डिस्प्लेको प्रयोग गरिएको छ ।

‘ओपोले लामो समयदेखि एक्स्टेन्डेड रियालिटी (एक्सआर) का सम्भावनामाथि सोध गरिरहेको छ र एयर ग्लासमार्फत हामीले उपभोक्ताको सहज पहुँचसहितको स्मार्ट ग्लास उत्पादनको निर्माण गरेका छौँ’, ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च इन्स्टिच्युटका प्रमुख लेभिन ल्यूले भने, ‘यसको भविष्य लक्षित डिजाइनले प्रष्ट्याए झैँ ओपो एयर ग्लासले जानकारी पाउने तथा हेर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन तयार रहेको छ। यसमा रहेको प्रयोग मैत्री डिस्प्लेले हाम्रो आँखासामु प्रमुख जानकारी प्रेशित गर्छ । ओपो एयर ग्लासका साथमा अब विश्वलाई हेर्ने दृष्टिकोणमै परिवर्तन आउने हाम्रो विश्वास छ।’

प्रकृतिबाट अभिप्रेरित पातलो र हल्का वजनको डिजाइन
ओपो एयर ग्लासको निर्माण नवप्रवर्तनात्मक मोनोकल वेभगाइड डिजाइनमा आधारित छ । ओपोको विशिष्ट डिजाइन अवधारणामा आधारित एयर ग्लासमा वजनमा हल्कापना र सरल लुक्स दिन फ्रि–फ्लोइंग कर्भ्सको प्रयोग गरिएको छ। जम्मा ३० ग्राम नजिक वजन भएको ओपो एयर ग्लास उद्योगमै सर्वाधिक हल्का मोनोकल वेभगाइड उपकरण हो । जसलाई साधारण ग्लासकै रुपमा पहिरिन सकिन्छ । 

अत्याधुनिक माइक्रो एलईडी र पाँच हाई–ट्रान्सपेरेन्सी ग्लास लेन्सका साथ स्व–विकसित स्पार्क माइक्रो प्रोजेक्टरले अभूतपूर्व एआर अनुभव प्रदान गर्छ। माओपिया र हाइपर मेट्रोपियालगायत रिफ्राक्टिव ईरर्स भएका प्रयोगकर्तादेखि सम्भव भएसम्म सबैले प्रयोग गर्न सकून् भन्ने सोचका साथ ओपो एयर ग्लासको डिजाइन गरिएको छ ।

औद्योगिक पार्टनर्सका साथमा बृहत उपयोगिताका लागि विकसित
ओपोद्वारा स्वविकसित एप्लिकेशन्सका साथै ओपो एयर ग्लासमा अन्य विभिन्न एप्लिकेशनहरु जस्तैः वेडर, क्यालेन्डर, हेल्थ, टेलिप्रोम्प्टर, ट्रान्सलेशन र नेभिगेशनसमेत इन्स्टल्ड छन् ।

ओपो एयर ग्लासमा बाइडु वाक र बाइक नेभिगेशन एण्ड एक्स्प्लोर नियरबाईलगायत एप्लिकेशनको कस्टमाइजेशनका लागि ओपोले बाइडुसँग नजिक रही सहकार्य गरिरहेको छ। नेभिगेशनको सहायतामार्फत प्रयोगकर्ताले बाइक वा पैदल यात्राका लागि निर्देशनहरु प्राप्त गर्न सक्नेछन्। त्यसैगरी एक्स्प्लोर नियरबाईले प्रयोगकर्ताको अवस्थितिअनुसार नजिकका पसल वा आकर्षणहरुका बारेमा जानकारी सम्प्रेषित गर्छ ।

उपलब्धता
चाइनिज मेनल्याण्डका बजारमा ओपो एयर ग्लास सन् २०२२ को पहिलो त्रैमासभित्रै सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ। दुई कस्टम फ्रेम एक्सेसरिजका साथमा यो उपकरण कालो र सेतो गरी दुई रंगको विकल्पका साथ उपलब्ध हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।