Like us!
Follow us!

२७.४२ प्रतिशतले बढ्यो स्वावलम्बन लघुवित्तको नाफा, ईपीएस कति ?

२७.४२ प्रतिशतले बढ्यो स्वावलम्बन लघुवित्तको नाफा, ईपीएस कति ?

लगानी खाबर, काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २३ करोड ५१ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २७.४२ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले १८ करोड ४५ लाख २६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २०.६६ प्रतिशतले बढेर ७६ करोड ६२ लाख ४७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ६३ करोड ५० लाख ३० हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ०.३१ प्रतिशतले बढेर २९ करोड ३८ लाख ११ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २९ करोड २९ लाख १ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी एक अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब ८० करोड रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४१ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ४४ पैसा छ ।

हेर्नुहोस् संस्थाले प्रकाशन गरेको वित्तीय विवरण :

62008f3dbdf51.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।