Like us!
Follow us!

काठमाडौं महानगरका विद्यार्थीलाई आजदेखि फाइजरकाे दोस्रो डाेज

काठमाडौं महानगरका विद्यार्थीलाई आजदेखि फाइजरकाे दोस्रो डाेज

लगानी खबर, काठमाडाैँ - काठमाडाैं महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले काेभिड-१९ विरुद्धकाे फाइजर खाेपकाे दाेस्राे डाेज आजदेखि लगाउन पाउने भएका छन् । 

पहिलाे डाेज लगाएकाे तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डाेज लगाउन पाउने भएका हुन् ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ ।

शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।