Like us!
Follow us!

नेप्सेमा यी ३ कम्पनीको सेयरमूल्य समायोजन, हेर्नुस् कुनकाे मूल्य कति ?

नेप्सेमा यी ३ कम्पनीको सेयरमूल्य समायोजन, हेर्नुस् कुनकाे मूल्य कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको सेयरमूल्य समायाेजन भएकाे हाे । 

१. ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटे

कम्पनीकाे १० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ५० रूपैयाँ कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य ७ सय १५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

२. लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड

कम्पनीको २० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ४३ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य २ हजार ३ सय ३२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीकाे वार्षिक साधारण सभा  फागुन ११ गते एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

३. जानकी फाइनान्स कम्पनी लिमिटेड

कम्पनीको १५ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ८८ रूपैयाँ ७८ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य ६ सय ७७ रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीकाे २५औँ वार्षिक साधारण सभा फागुन ७ गते, होटल मानकी इन्टरनेशनल, शिवचौक, जनकपुरधाममा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।