Like us!
Follow us!

सूर्या लाईफको नाफामा गिरावट, ईपीएस कति ?

सूर्या लाईफको नाफामा गिरावट, ईपीएस कति ?

लगानी खबर, काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा गिरावट आएको छ ।

समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा २२.१७ प्रतिशतले घटेर १५ करोड ६६ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २० करोड १२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ६.९६ प्रतिशतले बढेर २ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा २ अर्ब २८ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६८ करोड ९० लाख ४ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको जिवन बीमा कोषमा १२ अर्ब ५७ करोड १७ लाख ५० हजार रुपैयाँ र महाबिपत्ति कोषमा १६ करोड ३३ लाख १९ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ५३ पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ६३.९९ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।