लगानी खबर, काठमाडौं - ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (माघ २३ गते, आइतबार) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ २४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको चौथोँ वार्षिक साधारण सभा फाल्गुन ६ गते शुक्रबार वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरमा बिहान ११:०० बजेबाट सुरु हुनेछ ।
उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।