लगानी खबर, काठमाडाैँ - अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अरूण काबेली पावर कम्पनी लिमिटेडको सेयर बेच्ने भएको छ ।
कम्पनीले कम्पनीसँग रहेको अरूण काबेली पावरको २२ लाख ३२ हजार ५ सय ७० कित्ता सेयर कम्पनी तथा कम्पनीका शेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको जानकारी गराएको छ ।
कम्पनीले विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृती तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको जानकारी दिएको छ ।
सूचना हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।