Like us!
Follow us!

चीन र रसियाका राष्ट्रपतिबीच भेटवार्ता, चीनलाई १० अर्ब क्युबिक मिटर ग्यास दिने

चीन र रसियाका राष्ट्रपतिबीच भेटवार्ता, चीनलाई १० अर्ब क्युबिक मिटर ग्यास दिने

लगानी खबर, काठमाडाैँ - रसियाली राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटावार्ता भएको छ । बेइजिङ हिउँदे ओलम्पिकमा विदेशी अतिथिको रुपमा सहभागी हुने क्रममा चीन पुगेका राष्ट्रपति पुटिन र राष्ट्रपति सीबीच शुक्रबार भेटवार्ता भएको हो । 

रसियाले चीनमा प्राकृतिक ग्याँस आपूर्ति गर्नेलगायतका विषयमा दुई देशबीच सम्झौता हुने कार्यक्रम छ । भेटका अवसरमा रसियाले चीनलाई थप १० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास सहयोग गर्ने तयारी गरिरहेको राष्ट्रपति पुटिनले सीलाई बताएका थिए । 

यसअघि युक्रेन मामिलामा पश्चिमा देश र रसियाबीच तनाव बढिरहेका बेला अमेरिकाले ग्यास पाइपलाईन अवरोध गर्ने चेतावनी दिएको थियो ।   

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।