Like us!
Follow us!

छिमेक लघुवित्तको नाफा १९ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?

छिमेक लघुवित्तको नाफा १९ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक  ?

लगानी खबर, काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १९.०१ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ६१ करोड ५४ लाख ९३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १३.९१ प्रतिशतले बढेर एक अर्ब १२ करोड ९ लाख ६७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ९८ करोड ४१ लाख ९ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा १९.०२ प्रतिशतले घटेर ७१ करोड १९ लाख ५५ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले ८७ करोड ९२ लाख ७६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ र जगेडा कोषमा एक अर्ब २८ करोड १७ लाख ३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४२ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ २६ पैसा रहेको छ ।

हेर्नुहोस् संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण :

61fccd611be4a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।