Like us!
Follow us!

सूर्योदय लघुवित्तले गर्यो राम्रै प्रगति, नाफा ४४४.९३ प्रतिशतले बढ्दा ईपीएस कति ?

सूर्योदय लघुवित्तले गर्यो राम्रै प्रगति, नाफा ४४४.९३ प्रतिशतले बढ्दा ईपीएस कति ?

लगानी खबर, काठमाडौं - सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४४४.९३ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले एक करोड १८ लाख २७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १७९.७१ प्रतिशतले बढेर १६ करोड १९ लाख २९ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ५ करोड ७८ लाख ९२ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ७६६.२० प्रतिशतले बढेर ४ करोड १० लाख ३२ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ४७ लाख ३७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २९ करोड ७६ लाख ५१ हजार रुपैयाँ र जगेडा कोषमा १९ करोड ५८ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ७९ पैसा रहेको छ ।

हेनुहोस् संस्थाले प्रकाशन गरेको वित्तीय विवरण :

61fcc90299c51.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।