Like us!
Follow us!

१८ प्रतिशतले बढ्यो सानिमा माई हाइड्रोपावरको नाफा, ईपीएस कति ?

१८ प्रतिशतले बढ्यो सानिमा माई हाइड्रोपावरको नाफा, ईपीएस कति  ?

लगानी खबर, काठमाडौं - सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.९९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ४८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ५७ करोड ६५ लाख ७५ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ५.५० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ५४ करोड ६५ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको थियो । 

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर ४४ करोड ९० लाख ६८ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४२ करोड ३३ लााख ७३ हजार रूपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०२ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १२४ रुपैयाँ २५ पैसा पुगेको छ ।

हेर्नुहोस् कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण :

61fcb543c3d10.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।