Like us!
Follow us!

कस्तो छ रैराङ हाइड्रोपावरको वित्तीय अवस्था ?

कस्तो छ रैराङ हाइड्रोपावरको वित्तीय अवस्था ?

लगानी खबर, काठमाडौं - रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५ करोड ७९ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११.९१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड १८ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर १५ करोड ९९ लाख २७ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १४ करोड ३९ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर १४ करोड ३४ लाख ७३ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा १२ करोड ४१ लााख २५ हजार रूपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५६ करोड रुपैयाँ र जगेडा कोषमा ६ करोड ८ लाख ९५ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११० रुपैयाँ ८७ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २७.१८ गुणा रहेको छ ।

हेर्नुहोस् कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण :

61fc92d813037.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।