लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंक लिमिटेडले २१ कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।
बैंकले बैंककाे कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल फागुन ४ गतेदेखि २०७९ साल फागुन ४ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १६ कराेड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड १५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ कराेड ५ लाख रुपैयाँ गरी कूल २१ कराेड रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले माघ २४ गते बिहान १० बजेदेखि बेलुका ३ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
सूचना हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।