लगानी खबर, काठमाडौं - काठमाडौँको नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण कार्यक्रम हुने भएको छ । लायन्स क्लब अफ काठमाडौँ एभरेष्ट निम्सको सहकार्यमा अस्पतालमा शुक्रबार उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो ।
नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा सञ्चालन गर्नेछन् । उक्त शिविर एभरेष्ट अस्पतालमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. राम नारायण शाह, डा. निवेश पौडेल र डा. सरोज गौडेल ले निस्शुल्क स्वास्थ्य परिक्षण गर्नेछन् । साथै, ल्याबमा पनि ३० प्रतिशत छुट दिइनेछ भने फार्मेसीमा १० प्रतिशत र अन्यमा ३० प्रतिशत छुट दिने समेत अस्पतालले जनाएको छ ।
त्यस्तै, कोभिड पछाडी हल्का ज्वरो आए जस्तो हुने, अल्छी लाग्ने, छिटो थकानको महसुस हुनु, हल्का खोकी हुनु, हल्का टाउको दुख्नु, बढी भोक लाग्नु र भोक लाग्दै नलाग्ने, निद्रा नलाग्ने जस्ता लक्षण भएकाले पनि शिविरमा स्वास्थ्य परिक्षण गराउने सक्ने अस्पतालले जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।